arrow

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे पोखरा आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
ramesh-badri.jpg

पोखरा । नेपाली कांग्रेसका सहमहामन्त्री एवं संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे पोखरा आउने भएका छन् ।

मन्त्री पाण्डे मंगलबार कास्की कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन पोखरा आउने भएका हुन् ।

पार्टी प्रवक्ता युवक लामिछानेका अनुसार कांग्रेसले मंगलबार दिउँसो ३ः३० बजे पार्टी कार्यालय चिप्लेढुंगामा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरेको छ ।

त्यसअघि मन्त्री पाण्डे नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी हुनेछन् ।

नेता अजित क्षेत्रीका अनुसार मंगलबार दिउँसो २ः३० बजे पार्टीले भेटघाट कार्यक्रम आयोजना गरिएको छ ।

यसैबीच कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक बुधबार पोखरा आउँदै छन् ।

उनी बुधबार कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले नै आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी हुनेछन् ।

त्यसअघि गृहमन्त्री लेखक कास्की कांग्रेसले असोज ९ गते दिउँसो २ बजे पार्टी कार्यालयमा आयोजना गरेकाे भेटघाट कार्यक्रममा पनि सहभागी हुने बताइन्छ ।

दुवै कार्यक्रममा सबै तहका नेता कार्यकर्तालाई सहभागी हुन आग्रह गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ