arrow

नेप्सेमा लगातार दोस्रो दिन ५९ अङ्कको पहिरो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ८ मंगलबार
nepse-stock-share-down-bear.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेप्सेमा लगातार दोस्रो दिन ५९ अङ्कको पहिरो गएको छ । सोमबार ५९.०२ अङ्कले गिरावट आएको नेप्सेमा मंगलबार नेप्से ५८.९३ अङ्कले घटेर २४७०.३९ विन्दुमा रोकिएको हो ।

मंगलबार ३०९ कम्पनीको कारोबार हुँदा एक करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर ५ अर्ब ६८ करोड ९५ लाख ६१  हजार ३५६ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार स्वरोजगार लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी ८.८१ प्रतिशतले बढेको छ । त्यस्तै हिमालयन हाइड्रोको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

एनएलजी इन्सुरेन्सको सबैभन्दा बढी १८ करोड ४१  लाख ६३ हजार ६६ बराबरको शेयर कारोबार भएको छ ।  त्यस्तै प्रभु सेलेक्ट फन्डको शेयरको सबैभन्दा बढी ८ लाख ४० हजार ४९८ कित्ता शेयर कारोबार भएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ