arrow

गर्मीका कारण विद्यालयमा बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ८ मंगलबार
Saptari-hamrakura.jpg.jpeg

सप्तरी । तराई-मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै आजदेखि दुई दिनका लागि सबै विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

नगरपालिकाले अत्यधिक बढेको गर्मीकै कारण आज र बुधबार गरी दुई दिन विद्यालय बिदा दिने निर्णयमा गरेको छ ।

साथै असोज १० देखि १६ गतेसम्म बिहान ६ देखि ११ बजेसम्म कक्षा सञ्चालन गराउन सूचनामा उल्लेख छ ।

कलिला उमेरका बालबालिकालाई विद्यालय आउजाउमा निकै समस्या बढेपछि उनीहरुको स्वास्थ्यलाई ध्यान दिँदै दुई दिन बिदाको निर्णय गरिएको नगरप्रमुख ललनप्रसाद गुप्ताले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ