arrow

श्रीकृष्णको प्रिय दिनमा राशिफल कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ९ बुधबार
rashifal-horoscope-1.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ असोज ९ गते बुधबार, इस्वीसंवत सेप्टेम्बर २५ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनकृष्ण पितपृक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनकृष्ण पितपृक्षको अष्टमी तिथि साँझमा ५ः०० बजेसम्म त्यसपछि नवमी तिथि लाग्नेछ । नक्षत्रमा आद्रा रातिमा ३ः४२ बजेसम्म त्यसपछि पुनवर्सु नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा व्यतिपात ५ घटि ६ पलासम्म त्यसपछि शिव योग रहनेछ । करणमा तैतिल रहनेछ । आनन्दादि योगमा मुशल रहनेछ ।

सूर्य कन्या राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान ३० घटि २ पला अर्थात १२ घण्टा २ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः५४ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः५५ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ११ः४७ बजे र अस्ताउने समय भोलि दिनमा १ः३२ बजे रहेको छ । आज अष्टमी श्राद्ध गर्ने दिन, जितिया पर्वत र विश्व फर्मासिष्ट दिवस रहेको छ ।

आजको राशिफल

मेष : आज दिन र समय शुभ छ । व्यवसायिक प्रगति भइ राम्रो धनार्जन हुनेछ । आत्मसन्तुष्टि मिल्ने छ । विरोधीसँगको प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने तथा विजय भइनेछ । लौकिक प्रभुत्व बढ्ने तथा शत्रुपक्षलाई झुकाउन सकिने योग छ । उद्यमशीलताको विकास र प्रख्याति बढ्ने देखिन्छ । शारीरिक स्वास्थ्यमा आरोग्यता बृद्धि हुने र आत्मबल बढ्ने छ । आँट साहसले कार्य सम्पादन गर्न सकिने छ ।

वृष : आज समय अत्यन्तै खराब छ । बोलिचाली एवं व्यवहारमा सोँचविचार र सावधानी अप्नाउनु उचित हुनेछ । व्यवसाय तथा कर्मक्षेत्रमा बाधा अड्चन सृजना हुन सक्ने गोचरको प्रभाव छ भने अपेक्षित एवं प्राप्त आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या आउन सक्ने छ, हृदयका दीर्घरोगीहरूले विशोष ध्यान दिन जरुरी देखिएको छ । उपयुक्त संघर्ष एवं प्रतिकूलताको बाबजुत खासै सोँचविचार नभएको काम बनेर केही राहत भने मिल्नेछ ।

मिथुन : आज स्वास्थ्य राम्रो रहने छ । जोस जाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । आज यहाँलाई कुनै कन्यालाई सेतो वस्तु दान दिनु उपयुक्त हुनेछ । सहयोगी जुट्ने र इष्टमित्र तथा जान पहिचानका व्यक्तिबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ । पेशागत क्षेत्रबाट आर्थिक उपार्जन गर्न सकिनेछ । दाजुभाइबीचको सम्बन्धमा सुधारको लागि समन्वय गरिदिँदा प्रष्तिठा बढ्ने छ । भगवान श्री सूर्यजीको सेवा आराधना गर्नाले उपलब्धि वृद्धि हुनेछ ।

कर्कट : आज समय खराब रहनेछ । दिनभर होसियारी रहनुपर्ने देखिएको छ । विनाकारण कसैसँग वादविवाद तथा मनमुटाव हुन सक्ने सम्भावना रहेको छ । व्यवहारमा जरुरी सम्बन्ध मात्रै राख्नु उपयुक्त हुनेछ । आज पारिवारिक समस्याको पनि सामाना गर्न पर्नसक्ने छ । अगाडि सारिएको काममा विलम्ब हुने तथा अबरोध आइपर्न सक्ने सम्भावना रहेकोले धैर्यताको मानसिकताको विकास एवं अभ्यास अवलम्बन गर्नुपर्ला । मानसिक संकीर्णतालाई प्रवेश नदिई आफ्नो कर्मक्षेत्रलाई निरन्तरता दिनाले भने केही लाभ गर्न सकिने छ ।

सिंह : आज समय शुभ छ । दिन खुशी एवं उत्साह र उमङ्गिलो भएर बित्ने देखिन्छ । इष्टमित्रको आगमनले पारिवारिक वातावरण रमाइलो हुनेछ । पेशा तथा व्यवसायका काम थपिन सक्ने छन् । दिनचर्या व्यस्त नै रहनेछ । स्वागत सत्कारको अवसर पनि प्राप्त हुन सक्ने छ । कार्यक्षेबाट हैसियत एवं औकात अनुसारको फाइदा उठाउन सकिनेछ । जागीर, समाजसेवा र राजनीतिक क्षेत्र आदि सन्तोषप्रद वातावरण बन्न सक्ने छ ।

कन्या : आज समय मध्यम खालको छ । खर्च बढ्न सक्ने देखिएको छ भने कार्यक्षेत्रमा पनि बढी मेहनत गर्नुपर्ने छ । शुरुमा केही अपजस पनि खेप्न नपर्ला भन्न सकिन्न । अल्लि बढी कोसिस एवं संघर्षले केही उपलब्धि ल्याउन सकिएला । औपचारिकता निर्वाह गर्नपर्ने खालका भेट्घाट आदिको लागि यात्रा गर्नु, उपहार आदि दिनु जस्ता कार्यमा खर्चको सदुपयोग गर्नु उचित हुनेछ ।

तुला : आज स्वास्थ्य तथा दिन राम्रो रहने छैन । विलासी प्रवृति बढ्ने गोचर परेको छ । तर पनि अभिष्ट चाहना पूरा गराउन केही अल्झनको सामना गर्नपर्ने देखिएको छ । तथापि दाम्पत्य सुखमा केही विकास हुन सक्ने छ । व्यवसायबाट केही लाभ हुनेछ भने स्वजनमिलन र यात्राको सम्भावना पनि देखिएको छ । व्यापार कर्म तथा यात्रा आदिबाट सम्पादन हुने कार्यविशेषलाई ग्रहले उत्प्रेरणा दिएको छ । मुख्य कार्यमा आउने अल्झन तथा बाधा अबरोध हटाउन आज तपाइँँले भैरवदेवको स्तुति गर्नु शुभप्रद रहनेछ ।

वृश्चिक : आज समय खराब छ । आक्रोश एवं रणनीतिक भूमिकाको चेष्टा हुन सक्ने छ । अध्ययन आदि प्राज्ञिककर्ममा सफलता एवं नीतिगत कार्यमा सम्मान पनि नमिल्ला भन्न सकिन्न । कुट्नीतिक कार्य तथा प्रस्तुतिमा सफलता र प्रशंसा पाइने छ । अदृष्य समस्या आइपर्ने र समयको दुरुपयोग हुने हो कि भन्ने डर पनि देखिएको छ । सैद्धान्तिक छलफल र अर्तिउपदेश जन्य वातावरणको संयोग जुट्न सक्नेछ ।

धनु : आज समय राम्रो रहनेछ । अध्यात्मिक तथा आस्तिक भावना बढ्ने तथा धार्मिक कार्यप्रति उत्प्रेरणा जागृत हुनेछ । समाज सेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । व्यवसायमा पनि लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवं नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ । आज भगवान श्री सूर्य नारायणको श्रद्धाभक्ति शुभ हुनेछ ।

मकर : आज स्वास्थ्य राम्रो रहनेछ । पेशागत कार्यमा उपयुक्त सफलता मिल्नेछ । अनुकूल गोचरप्रभावको सदुपयोग गरी व्यवसायबाट प्रचुर लाभ गर्नसकिने छ । पुरुषार्थ बृद्धि हुने र सोबापत मान्छेबाट प्रशंसा मिल्ने तथा सहयोग पनि प्राप्ति हुने गोचर छ । आफन्तजनबाट सहयोग प्राप्त गर्न सकिने तथा व्यवहारिक प्रगति एवं स्याबासी मिल्ने र यशकृति पनि बढ्ने छ ।

कुम्भ : आज समय खराब नै रहनेछ । आज उत्तर दिशाको यात्रा सकभर नगर्नुहोला । वाणीमा दोषलाग्न सक्छ, बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु होला । सन्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । समाजिक कार्यमा केही अवरोध पनि नआउला भन्न सकिन्न । नाता-कुटुम्बिक सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । परोपकार तथा कसैको काममा जुट्न पर्ने र आफ्नो कार्य थाती रहन सक्ने कुरालाई पनि नकार्न सकिन्न । भगवान सूर्यको सेवा आराधना गरिएमा अनिष्ट दोषलाई हटाउन मद्दत हुनेछ ।

मीन : आज समय खराब रहनेछन् । आज गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, वायुरोगले सताउने, खानामा गडबढी, कुनै चिन्ता पर्ने समाचार प्राप्त हुन सक्ने छन् । जस्तोसुकै बाधा परे पनि निराश नभई सक्रिय रुपमा आफ्नो कार्य सम्पादन गर्नुहोला । शैक्षिक क्षेत्रबाट पनि त्यति राम्रो फाइदा हुने देखिंदैन । समय खराब छ, आज उत्तर दिशाको यात्रा ठीक छैन ।

साइतः सूर्य कन्या राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः५१ बजेदेखि ७ः२३ बजेसम्म लाभ बेला
बिहान ७ः२३ बजेदेखि ८ः५४ बजेसम्म अमृत बेला
बिहान ८ः५४ बजेदेखि १०ः२५ बजेसम्म काल बेला
बिहान १०ः२५ बजेदेखि ११ः५६ बजेसम्म शुभ बेला
मध्यान्ह ११ः५६ बजेदेखि १ः२७ बजेसम्म रोग बेला
दिनमा १ः२७ बजेदेखि २ः५८ बजेसम्म उद्धेग बेला
दिनमा २ः५८ बजेदेखि ४ः३० बजेसम्म चर बेला
दिनमा ४ः३० बजेदेखि ६ः०१ बजेसम्म लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः०१ बजेदेखि ७ः३० बजेसम्म अमृत बेला
साँझ ७ः३० बजेदेखि ८ः५९ बजेसम्म काल बेला
राति ८ः५९ बजेदेखि १०ः२७ बजेसम्म शुभ बेला
राति १०ः२७ बजेदेखि ११ः५६ बजेसम्म रोग बेला
राति ११ः५६ बजेदेखि १ः२५ बजेसम्म उद्धेग बेला
राति १ः२५ बजेदेखि २ः५४ बजेसम्म चर बेला
रातिमा २ः५४ बजेदेखि ४ः२३ बजेसम्म लाभ बेला
रातिमा ४ः२३ बजेदेखि ५ः५२ बजेसम्म अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ