arrow

नेपालको क्यानाडा यात्रा बिर्सनयोग्य, अन्तिम खेल वर्षाले गर्दा ओमानसँग अंक साझेदारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ९ बुधबार
canada-ground-rain.jpg

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ को श्रृंखला अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाले गर्दा रद्ध भएको छ ।

क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा मंगलबार राति हुनुपर्ने खेल वर्षाका कारण हुन नसकेपछि रद्ध भएको हो । खेल रद्ध भएपछि नेपाल र ओमानले एक एक अंक बाँडेका छन् ।

योसँगै नेपालको यो श्रृंखला बिर्सन लायक अन्त्य भएको छ । नेपालले यस श्रृंखलाका चारमध्ये तीन खेलमा हार बेहोरेको थियो ।

लिग २ मा नेपाल ८ खेलमा ६ हारसहित केवल ३ अंकसहित सातौँ स्थानमा रहेको छ । त्यसैगरी ओमानको भने ७ खेलमा ६ अंक रहेको छ र छैटौँ स्थानमा छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ