arrow

इङ्गल्याण्डको अस्ट्रेलियामाथि सहज जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ९ बुधबार
england-cricket-24-9-24.jpg

काठमाडौँ । एक दिवसीय श्रृंखलामा इङ्गल्याण्डले अस्ट्रेलियालाई डक वर्थ लेविस नियमअनुसार ४६ रनले पराजित गरेको छ । गएराति इङ्गल्याण्डको चेस्टर ले स्ट्रेटमा सम्पन्न खेल वर्षाले पूरा हुन नसकेपछि डक वर्थ लेविस नियमअनुसार इङ्गल्याण्ड ४६ रनले विजयी भएको हो ।

यस खेलमा अस्ट्रेलियाले पहिले ब्याटिंग गर्दै ७ विकेट गुमाएर ३०४ रन बनाएको थियो । एलेक्स क्यारीले अविजित रहँदै ६५ बलमा ७७ तथा स्टेभेन स्मिथले ६० रन बनाए । 

त्यसको जवाफमा इङल्याण्डले ३७.४ ओभरमा ४ विकेट गुमाएर २५४ रन बनाएको अवस्थामा खेल वर्षाले रोकिएको थियो । त्यसपछि डक वर्थ लेविस नियमअनुसार सो अवस्थामा लक्ष्य २०९ रहेकोमा इङल्याण्डले २५४ रन बनाएकोले ४६ रनले विजयी बनाइएको हो । 

इङ्गल्याण्डका लागि ह्यारि ब्रुकले ९४ बलमा अविजित रहँदै ११० रन बनाए । विल ज्याक्सले ८२ बलमा ८४ रन जोडे । 

इङ्गल्याण्डले यो जितपछि श्रृंखलामा पहिलो जित हासिल गरेको छ । ५ खेलको श्रृंखलामा २–१ ले अस्ट्रेलिया अगाडि रहेको छ । चौथो खेल शुक्रबार हुने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ