arrow
ADVERTISEMENT

विवादास्पद अभिव्यक्ति

रवीन्द्र मिश्र भन्छन्ः कांग्रेस, एमाले र नागरिक समाज ‘प्रचण्ड पथगामी’ हुन्, २०७२ को संविधान ‘प्रचण्डको संविधान २०७२’ हो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ९ बुधबार
prachanda-rabindra-mishra.jpg

काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संघीय लोकतान्त्रिक गणतन्त्रका नायक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै भएको बताएका छन् ।

मिश्रले यसअघि  प्रचण्डसँगको भेटबारे गरेको टिप्पणी प्रचण्डको सचिवालयले खण्डन गरेपछि गणतन्त्रको नायक प्रचण्ड नै भएको बताएका हुन् । साथै मिश्रले कांग्रेस, एमाले र नागरिक समाज प्रचण्डका पथगामी भएको टिप्पणीसमेत गरेका छन् ।

आफ्नो अघिल्लो टिप्पणी प्रचण्ड पक्षले खण्डन गरेपछि मिश्रले भनेका छन्, – ठूला नेताहरूसँग भेट्दा ‘यो कुराचाहिँ बाहिर नगरौँ–हामी बीचमा रहोस् भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिन। र हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु । संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन् । कांंग्रेस–एमाले लगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन् । ती सबै ‘प्रचण्ड पथगामी’ हुन् । ‘नेपालको संविधान २०७२’ वास्तवमा ‘प्रचण्डको संविधान २०७२’ हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु । त्यसैले ठूला पार्टीहरूलाई आ–आफ्नो पार्टी कार्यालयमा सबैभन्दा माथि प्रचण्डको फोटो झुण्डाउन सल्लाह पनि दिने गरेको छु ।’

उनको यो भनाइले भने मिश्र थप विवादमा पर्ने निश्चित छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ