arrow

कांग्रेस–एमाले गठबन्धन आम मानिसमा खुशी ल्याउन – शंकर पोखरेल

logo
सुनिल आउजी,  
प्रकाशित २०८१ असोज ९ बुधबार
shankar-pokharel-81-6-9.jpg

धनगढी । नेकपा  एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताले आम जनमानसमा परेको निराशा चिर्न नेपाली कांग्रेस र एमाले मिलेको बताएका छन् । एमालेको मिसन चौरासी एकल बहुमत ल्याउनका लागि नेता कार्यकर्ता संगठन निर्माणमा लाग्न निर्देशन दिँदै उनले आम मानिसमा खुशी ल्याउन कांग्रेस–एमाले मिलेको बताए । 

कांग्रेस र आफ्नो पार्टीले २०८४ को निर्वाचनमा गठबन्धन नगर्ने घोषणा गरेकाले चुनावी सरकार जुनसुकै दलको भए पनि एकल बहुमत ल्याउन संगठन निर्माणमा पार्टी लागेको पोखरेलले बताए ।  

प्रेस चौतारी नेपाल कैलालीले  आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले गेटा विश्वविद्यालयको बारेमा भ्रम पार्न खोजिएको र विश्वविद्यालय  बनेपछि पढाइ हुने कोटा निर्धारण हुने बताए ।

‘विश्वविद्यालय बनेपछि पाठ्यक्रम तयार हुन्छ, अनि कोटा निर्धारण हुन्छ । अन्यत्र  कोटा निर्धारण भएकाहरु अरुद्वारा संचालित हुन् । उनीहरु प्रतिष्ठान या त सम्बन्धन प्राप्त कलेजको रूपमा छन् । तर यहाँ त विश्वविद्यालय बनाउने हो विश्वविद्यालयको आफ्नै पाठ्यक्रम हुन्छ अनि पो कोटा निर्धारण गर्ने हो । विश्वविद्यालय माग गर्नेहरुले अहिले कोटा पाएन भनेर भर्म छर्नु भएन ।’

महासचिव पोखरेलले विश्वविद्यालय बनेपछि कोटा मात्रै होइन गेटाले अरुलाईसमेत सम्बन्धन दिनेसमेत हैसियत राख्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ