arrow

दुई दिनमा एक सय १८ अङ्कले घटेको नेप्से परिसूचकमा बुधबार ४९ अङ्कको वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ९ बुधबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । धितोपत्र बजारमा बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ४९ दशमलव १८ अङ्कले बढेको छ । यसअघिका दुई दिन गरेर ११८ अङ्कले घटेको शेयर बुधबार ४९ अङ्कले बढेको हो । 

नेपाल स्टक एक्सचेञ्ज नेप्से का अनुसार आज परिसूचक ४९ दशमलव १८ अङ्कले उकालो लागेर दुई हजार पाँच सय १९ दशमलव ५७ विन्दुमा सीमित भएको हो ।

अघिल्लो दिन रु पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार तीन सय ५६ मूल्यमा खरिद बिक्री भएकामा आज भने चार अर्ब ८१ करोड ३२ लाख २३ हजार चार बराबरको कारोबार भएको छ । कुल एक करोड २४ लाख ९४ हजार नौ सय ८९ कित्ता शेयर खरिदबिक्री हुँदा अघिल्लो दिनको तुलनामा शेयर करोबार भने खुम्चिएको नेप्सेले जनाएको छ । 

आज बैङ्किङ १.८, विकास बैङ्क २.७५, फाइनान्स ३.८०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर २.६०, लगानी १.५६, जीवन बीमा १.९१, उत्पादन १.४४, माइक्रोफाइनानस १.४९, निर्जीवन बीमा १.६७, अन्य १.७५ र व्यापार समूह १.७८ प्रतिशत बढेका छन् । 

विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् र थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढेको नेप्सेले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ