arrow

सुपथ मूल्य पसल सञ्चालन गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १० बिहिबार
pokhara-mahanagar-office.jpg
फाइल तस्बिर

पोखरा । पोखरा महानगरपालिकाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाले यही असोज ११ गतेदेखि पोखरा-८ स्थित सिद्धार्थचोकमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार चाडबाडमा उपभोक्तालाई केही न केही राहत पुुगोस् भन्ने उद्देश्यका साथ सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।

पोखराको लेखनाथ क्षेत्रमा पनि सुपथ मूल्य पसल खोल्नेसम्बन्धमा कर्मचारी उपलब्ध भएमा सञ्चालन गर्न सकिने कुरा आएकाले त्यसबारे पनि सम्बद्ध पक्षसँग छलफल बढाइएको उनले बताए ।

सुपथ मूल्य पसलमा चिनी, नुन, तेल, पीठो, मैदा, चामललगायतका सामान पाइने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ