arrow

कांग्रेसको सय दिने अभियानः कास्कीमा भट्टराई र तनहुँमा शिवाकोटी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १० बिहिबार
ajay-govinda.jpg

पोखरा । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्यलाई मुख्य तीन वटा काम दिएर जिल्ला-जिल्लामा परिचालन गरेको छ । एक सय दिने सांगठनिक अभियान चलाउन केन्द्रीय सदस्यलाई जिल्ला तोकेर जिम्मेवारी दिएको हो । 

जसअनुसार कास्कीमा केन्द्रीय सदस्य गोविन्द भट्टराई र तनहुँमा अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई खटाइएको छ । 
कास्कीमा खटिएका भट्टराई र तनहुँमा खटिएका शिवाकोटीले एक चरणको छलफल गरिसकेका छन् । विशेषगरी जिल्लाका पदाधिकारी तथा मुख्य नेताहरुसँग उनले छलफल गरेका हुन् । 

यस्तै गोरखामा उर्मीला थपलिया (सीता), लमजुङमा अब्दुल सतार, मनाङमा सीतादेवी देवकोटा, मुस्ताङमा चम्पादेवी खड्का, पर्वतमा गोविन्दबहादुर खड्कालाई खटाइएको छ । 

यसैगरी स्याङ्जामा टेकबहादुर गुरुङ, म्याग्दीमा शारदा पौडेल, बागलुङमा उर्मीला नेपाल केसी, नवलपुरमा डा( गोपाल दहितलाई खटाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकिएको मुख्यसचिव पौडेलले जानकारी दिए ।

जिल्लामा खटिएका प्रतिनिधिले जिल्ला पुगेर संगठन सुदृढीकरण, विधानअनुसार जुन तहले गर्नुपर्ने काम हो त्यो गरेका छन् कि छैन त्यसको अनुगमन गर्ने र स्थानीय तह र पार्टीबीचको समन्वयको विषय बारेमा बुझ्ने जिम्मेवारी दिइएको छ ।

जिल्ला खटिएका प्रतिनिधिलाई कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रम, सत्ता समीकरण र भ्रातृ तथा शुभेच्छुक संघसंस्थामा देखिएका विवाद र अन्यौलका विषयमा पनि प्रष्ट बनाउन भनिएको छ । 

एमालेसँगको सत्ता सहकार्य, संविधान संशोधनका विषयलगायतमा पनि केन्द्रीय प्रतिनिधिले जिल्लामा जानकारी गराउने छन् ।

पार्टीका समग्र नीतिबारे पनि उनीहरूलाई जानकारी जिम्मेवारी दिइएको छ । जिल्ला खटिएका प्रतिनिधिले अभियान सकिएपछि केन्द्रीय समितिलाई लिखित प्रतिवेदन दिनुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ