arrow

नेप्सेमा ३२ अङ्कको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १० बिहिबार
nepal-stock-exchange-nepse_1617884544.jpg
तस्बिर : फाइल

काठमाडौँ। नेप्सेमा आज ३२ अङ्कको गिरावट आएको छ। बिहीबार नेप्से ३२.८१ अङ्कले घटेर २४८६.७६ विन्दुमा रोकिएको हो।

आज ३२२ कम्पनीको कारोबार हुँदा एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७२० को खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार आज बिमा नेपाल लघुवित्तको शेयर मूल्यमा सबै भन्दा बढी ९.८५ प्रतिशतले बढेको छ। त्यस्तै, आज ग्रिन भेन्चर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

त्यसै गरी आज अपि पावरको सबै भन्दा बढी ४७ करोड ९९ लाख ६७ हजार २२४ बराबरको शेयर कारोबार भएको छ।  त्यस्तै आज अपि पावरकै शेयरको सबैभन्दा बढी १६ लाख ६८ हजार ३७४ कित्ता शेयर कारोबार भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ