arrow

चीन भ्रमण छोट्याएर फर्कियो रास्वपा टोली [भिडियो]

सभापतिलाई अफ्ठ्यारो घडीमा साथ दिन भ्रमण छोटायौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १० बिहिबार
swarnim-team.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरे सशक्त प्रतिवाद गर्ने जनाएको छ । चीन भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएको रास्वपाको टोलीले सो कुरा बताएको हो । विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण भ्रमण छोट्याएर आफूहरू आउनुपरेको बताए । 

उनले पार्टीको सभापति व्यक्ति नभई संस्था भएकाले सबैले सहयोग गर्नुपर्ने भन्दै आफूहरू स्वदेश फर्किएको बताए । उनले रिसका कारण पार्टी सभापतिमाथि प्रहार भइरहेको आरोप लगाए । 

उनले भने, ‘यो भ्रमणलाई हामीले नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण छोट्याएर आएका छौँ । ९ दिनको हाम्रो भ्रमण छोट्याएर पाँचौँ दिनमा यहाँ आएका छौँ । आज ८ जना आएका छौँ । भोलि ६ जना आउनुहुन्छ । घटनाक्रमबारे हामी अवगत नै थियौँ । १४ जना नै बसेर त्यहाँ छलफल गरेका थियौँ । र यो एक स्वरले यो अफ्ठ्यारो घडीमा पार्टीको सभापति व्यक्ति रवि लामिछाने मात्रै होइन, त्यो संस्था हो । त्यो माथि इगोका कारण प्रहार भएको छ भने हामी एकजुट भएर यसको सामना गर्नुपर्छ । अफ्ठ्यारो घडीमा नेपाल नै हुनुपर्छ भनेर आएका हौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ