arrow

बेलायतले लगानी सम्मेलनमा मस्कलाई नबोलाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १० बिहिबार
elon-musk-tesla-x-space-x-rich.jpg

काठमाडौँ। एलन मस्कलाई बेलायत सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा निमन्त्रणा नदिएको विषय चर्चामा रहेको छ। गत महिना बेलायतमा भएको दङ्गाका क्रममा उनले सामाजिक सञ्जालमा पोस्ट गरेका कारण उनलाई यो सम्मेलनमा निमन्त्रणा नगरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।

गत महिना साउथपोर्टमा छुरा प्रहार गरी तीन बालिकाको हत्या भएपछि देशभर हिंसात्मक झडप भएको थियो। यसपछि मस्कले बेलायती प्रधानमन्त्री कियर स्टाररलाई आफ्नो सामाजिक सञ्जाल एक्समा लगातार हमला गर्दै देश गृहयुद्धतर्फ गइरहेको उल्लेख गरेका थिए।

आगामी अक्टोबरमा हुन लागेको लगानी सम्मेलनमा विश्वभरका ठूला लगानीकर्ताको सहभागिता रहने अपेक्षा गरिएकोमा मस्कलाई बेलायत सरकारले निमन्त्रणा नगरेको बिबिसीले उल्लेख गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ