- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । श्रीलंकाका ब्याट्सम्यान कमिन्दु मेन्डिसले टेस्ट क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् ।
कमिन्दुले न्यूजिल्याण्ड विरुद्धको जारी दोस्रो टेस्टमा अर्धशतक बनाउँदै आफूले खेलेका आठ टेस्ट खेलमा नै अर्धशतक प्रहार गर्ने नयाँ कीर्तिमान बनाएका छन् । टेस्ट क्रिकेटमा यसअघि कुनै पनि ब्याट्सम्यानले यस्तो गर्न सकेका थिएनन् ।
कमिन्दुले पहिलो दिनको खेल सकिँदा ५१ रन बनाएर अविजित रहेका छन् । श्रीलंकाले टस जितेर ब्याटिंग गरेको यस टेस्टको पहिलो दिन ३ विकेट गुमाएर ३०६ रन बनाएको छ ।
श्रीलंकाका एन्गोलो म्याथ्युज ७८ रन बनाएर खेलिरहेका छन् । यस टेस्टमा दिनेश आँदिमलले ११६ रनको शतकीय इनिङ्स खेले भने दिमुथ करुनारत्ने ४६ रन बनाएर आउट भए ।
२ खेलको टेस्ट श्रृंख्लामा पहिलो खेल जितेको श्रीलंकाले दोस्रो खेलमा पनि शानदार शुरुआत गरेको छ ।