arrow

एक दशकपछि फेरि मह जात्रा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १० बिहिबार
mahajatra-81-6-10.jpg

काठमाडौँ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी, जसलाई नेपाली हास्य क्षेत्रमा मह जोडी भनेर चिनिन्छ, पाँच दशक भन्दा बढी समय विभिन्न माध्यमबाट मनोरञ्जन क्षेत्रमा आम नेपाली दर्शकलाई हाँस्य व्यंग्यमार्फत हसाउँदै आएको मह जोडीले नेपालमा दश वर्षपछि मिरा फउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ पुनः एकपटक ‘मह जात्रा नामक प्रहसन मार्फत आफ्नो प्रत्यक्ष प्रस्तुति दिने घोषणा गरेका छन् ।

प्रहसनमा नेपालका ख्याति प्राप्त वरिष्ठ हास्य व्यंग्य कलाकारहरु किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिंखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, बिभुषा बस्नेत लगायतको प्रस्तुति रहनेछ ।

यस प्रहसनको मुख्य विशेषता हास्य व्यंग्यको माध्यमबाट समाजमा रहेका समसामयिक समस्याहरु र विविध मुद्दाहरुलाई उजागर गर्नु हो। नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, तथा सांस्कृतिक कुरितीहरुलाई व्यंग्यको माध्यमबाट प्रस्तुत गर्ने यो प्रस्तुति मह जोडीको अद्वितीय शैलीमा हुनेछ।

दश वर्षको लामो अन्तरालपछि फेरि एकसाथ मंचमा आउने मह जोडीले आफ्नो पुरानो शैलीको हास्य व्यंग्यलाई फेरि जीवन्त बनाउन र नेपाली दर्शकहरुलाई हसाउँदै पहसनमा प्रस्तुत विषयवस्तुमा सोच्न बाध्य पार्ने उद्देश्य लिएको छ। 

यस प्रहसनमा हास्य र सन्देशको मिश्रण हुनेछ, जसले दर्शकहरुलाई हसाउने मात्र होइन, समाजप्रतिको धारणा परिवर्तन गर्ने प्रयास पनि गर्नेछ।

यो प्रहसन नेपाली समाजमा हालैका वर्षहरूमा भएका विभिन्न राजनीतिक, सामाजिक र सांस्कृतिक घटनाहरुको आलोचनात्मक दृष्टिकोण हुनेछ, जसले गर्दा दर्शकहरुलाई हाँस्दै सोच्न बाध्य बनाउनेछ।

मह जात्रा मह संचार र सुश्री मिडिया प्रालिको सहकार्यमा कात्तिक २२ गतेदेखि नेपाल पज्ञा प्रतिष्ठानमा हुनेछ भने प्रहशनको टिकट खल्ती एप मार्फत खरिद गर्न सकिनेछ ।

मह जात्रा नेपाली हास्य व्यंग्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ