arrow

बेपत्ता युवक नभेटिएपछि गोताखोर टोली फर्कियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
gotakhor-toli.jpg

खोटाङ । माछा मार्ने क्रममा दूधकोशीमा बगेर बेपत्ता बनेका युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ ।

यही असोज ६ गते चप्पल फुस्किएर बगाएपछि समात्न खोज्दा चिप्लिएर दूधकोसीमा बगेर बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका-६ मङ्गलटारका १८ वर्षीय घनश्याम पुलामीमगर फेला नपरेपछि गोताखोरको टोली फर्किएको हो ।

मगर मङ्गलटारमै पर्ने कुखुरेबेँसीबाट बेपत्ता भएका थिए । बेपत्ता भएका मगरलाई स्थानीयवासी र प्रहरीले फेला नपारेपछि सशस्त्र प्रहरीको १ नम्बर बराह बाहिनी पोकली, सुनसरीबाट असोज ८ गते गोताखोर टोली आएको थियो ।

केही दिनदेखि परेको अविरल वर्षाले नदीमा धमिलो बाढी आउँदा ‘भिजिबिलिटी’ कम भएकाले खोजी गर्न कठिन भएको भन्दै गोताखोर टोली फर्किएको मङ्गलटारका वडाध्यक्ष गन राईले जानकारी दिए ।

“कोशीमा बाढी आइरहेको छ । गोताखोर टोली आएलगत्तै खोजी तीव्र पारिएको थियो”, उनले भने, “घटनास्थलदेखि जयरामघाटसम्म खोज्यौँ । कोसीमा धमिलो बाढी आउनेक्रम नरोकिएकाले फेला पर्ने सम्भावना नदेखिएपछि गोताखोर टोली फर्कियो ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ