arrow

नेपाली जनसम्पर्क समिति हङकङ सभापतिमा बोगटी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
shailendra-bogati-hongkang.jpg

पोखरा । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा शैलेन्द्रसिंह बोगटी निर्वाचित भएका छन् । समितिको १३औँ अधिवेशनबाट नुवाकोट निवासी बोगटी सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

बोगटी सातौँ अधिवेशन देखिनै समितिमा सक्रिय थिए । उनले दुई कार्यकाल महामन्त्रीको जिम्मेवारी निर्वाह गरेपछि हाल अध्यक्षमा चुनिएका हुन् ।

उनी हाल हङकङस्थित एक कलेजमा प्राध्यापनरत छन् । बाेगटी विद्यार्थी जीवनदेखि नै नेविसंघको राजनीतिमा सक्रिय भएका थिए । उनी कांग्रेस नेता अर्जुननरसिंह केसी, जगदीशनरसिंह केसी र महामन्त्री गगनकुमार थापाबाट प्रभावित भएर राजनीतिमा सक्रिय भएका थिए ।

अभिवेशनले उपसभापतिमा िचतवनका ओमराज गुरुङ र काठमाडाैँका ताहीर खान, महामन्त्रीमा पाँचथरका खुशी लिम्बु र झापाका भबिन लिम्बु निर्वाचित भए ।

यस्तै, सहमहामन्त्रीमा सुनसरीका किरण राई र पाेखराका प्रशान्त गुरूङ, कोषाध्यक्षमा चितवनका रामचन्द्र सेन्चुरी, सहकोषाध्यक्षमा म्याग्दीका उपेन्द्र विश्वकर्मा निर्वाचित भए ।

समितिको कार्यसमिति सदस्यमा सुमिरजंग गुरूङ, प्रशन गुरुङ र मीलन गुरुङ चयन भएको बताइएको छ ।

यसैबीच नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले शैलेन्द्रसिंह बोगटीको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना प्रकट गरेका छन् ।

समितिको वर्तमान कार्यसमितिमा नेपाल तरुण दल र नेविसंघमा रहेर राजनीति गरेर खारिएर आएका नेताहरु रहेकाले महत्वपूर्ण आशा र भरोषा नेपाली कांग्रेसले गरेको छ ।

सचिव ढकालले भने, ‘विदेशमा आर्जन गरेको सीप, ज्ञान, दक्षता र पुँजी मुलुक विकासमा लगानी गर्न प्रवासमा बसोबास गर्ने नेपालीको भावना पनि गुन्जिने गरी नेतृत्वदायी भूमिका निर्वाह गर्न नेपाली जनसम्पर्क समिति हङकङ सफल रहने विश्वास र आशा लिएको छु ।’

उनले कास्की कांग्रेस र हङकङ जनसम्पर्क समितिबीचमा सहकार्य गरेर अघि बढ्न सकिने स्पष्ट पारे । साथै ढकालले हङकङ जनसम्पर्क समितिमा रहेर महत्वपूर्ण योगदान गर्ने पूर्वअध्यक्षहरु कुलप्रसाद गुरुङ, जगत शाह, राम गुरुङ, मीन गुरुङ, निवर्तमान अध्यक्ष काजी कुमार गुरुङ, अग्रज नेताहरु देवराजन गुरुङ, कमल गुरुङ, सन्तोष गुरुङ र रक्षा गुरुङलाई सदैव सम्मान गर्न पनि आग्रह गरे ।

यसैबीच समितिको नवनिर्वाचित सभापति बोगटीसहित पदाधिकारी र सदस्यको पदस्थापन कार्यक्रम अक्टुबर १ का दिन बिहान ११ः३० बजे हङकङको जोर्डनस्थित ब्लु ओशन रेष्टुरेन्ट एण्ड बारमा हुनेछ ।

कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति, संघीय सांसद एवं पूर्वमन्त्री वीरबहादुर बलायर प्रमुख अतिथि, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ विशेष अतिथिका रुपमा सहभागी हुने समिति सभापति बोगटीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ