arrow

देउवाले गरे शिक्षा विभागमा १० सदस्य मनोनित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
congress-party-office-2081.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा विभागमा १० सदस्य मनोनयन गरेका छन् ।

केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेको कांग्रेसको शिक्षा बिभागमा कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ (९) बमोजिम सभापति देउवाले १० सदस्य  मनोनयन गरेको कार्यवाहक मुख्यसचिव प्रदिप पराजुलीले जानकारी दिएका हुन् ।

मनोनित सदस्यमा प्राडा कमलदीप ढकाल, सिन्धुली, राजकुमार आचार्य, खोटाङ, पुजा पासवान, महोत्तरी, हरिसिंह केसी, धादिङ, विक्रम पाण्डे, काठमाडौँ, राजन श्रेष्ठ, काठमाडौँ, किरण भट्ट, गोरखा, लालमणि भण्डारी, दाङ, खेमराज केसी, दैलेख र तारामान रावल, कैलाली रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ