arrow

लोक दोहोरी प्रतिष्ठानको साधारण सभामा छ सय भन्दा बढी प्रतिनिधि, बन्द सत्र हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
lokdohori-pratisthan.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोक संस्कृतिको जगेर्ना र संरक्षण, संवर्द्धनमा कलाकारको योगदान अतुलनीय रहेको बताएका छन् ।

पोखरामा शुक्रबारदेखि सुरु भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २४औँ साधारणसभा तथा विधान अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्रीले यस्तो बताएका हुन् । उनले नेपाली मौलिकतालाई जोगाइराख्न जोड दिनसमेत कलाकारलाई आग्रह गरे ।

कार्यक्रममा संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्वअध्यक्षहरू प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, निवर्तमान अध्यक्ष रमेश बिजी, गण्डकी प्रज्ञा-प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, वरिष्ठ लोक दोहोरी गायिका हरिदेवी कोइराला, गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ, प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापा, कञ्चनपुर जिल्लाका अध्यक्ष लालबहादुर धामी (अछामी बड्डो), धादिङ बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण थपलिया विवेकलगायतले बोलेका थिए ।

प्रतिष्ठान अध्यक्ष रीता थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पशुपति शर्माले स्वागत, महासचिव शिव हमाल सञ्चालन गरेका थिए ।

सो अवसरमा संस्थाका निवर्तमान अध्यक्ष रमेश बिजी २५ हजार रुपैयाँ नगदसहित, कुशल बेल्बासे र सम्झना भण्डारी पनिसम्मानित भए ।

यस्तै लोकबहादुर क्षेत्री स्मृति सम्मानबाट कौडा सर्जक रेशम गुरुङ र नारायण पाण्डे प्रतिभा पुरस्कारबाट शान्ता न्यौपानेलाई पुरस्कृत गरिएको छ । मुख्यमन्त्रीको हातबाट जनही ११ हजार एक सय ११ रुपैयाँ नगदसहित उनीहरु सम्मानित भए ।

सभामा प्रतिष्ठानका छ सय भन्दा बढी प्रतिनिधि सहभागी भएको बताइन्छ । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

प्रतिष्ठानको विधान संशोधनसम्बन्धी प्रस्ताव बन्दसत्रमा पेस हुनेछ । बन्द सत्र शनिबार बिहान ८ बजेबाट सुरु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ