arrow

सूर्यदेवको प्रिय दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
rashifal-horoscope-5.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ असोज १३ गते आइतबार, इस्वीसंवत सेप्टेम्बर २९ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनकृष्ण पितपृक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनकृष्ण पितपृक्षको द्धादशी तिथि दिनमा ५ः५० बजेसम्म त्यसपछि त्रयोदशी तिथि लाग्नेछ । नक्षत्रमा अश्लेषा अहोरात्र रहनेछ । विष्कुम्भादि योगमा साध्य ५३ घटि ३५ पलासम्म त्यसपछि शुक्ल योग रहनेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा वज्र रहनेछ । सूर्य कन्या राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान २९ घटि ४६ पला अर्थात ११ घण्टा ५६ मिनेटको रहनेछ ।

आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः५५ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः५० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा २ः४३ बजे र अस्ताउने समय भोलि दिनमा ४ः१३ बजे रहेको छ । आज द्धादशी तथा मघा श्राद्ध गर्ने दिन, विश्व मुटु दिवस रहेको छ ।

आजको राशिफल

मेष : आज मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

वृष : आज पनि समय खराब छ । चिताएको काम रोकिन सक्छ। हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगी प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

मिथुन : आज पनि समय शुभ छ । पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा मनग्ये लाभ हुनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ ।

कर्कट : आज पनि समय शुभ छैन । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । समय तालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन् । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै फेला पर्नेछन् । होसियारीसाथ काममा जुट्नुहोला । शुभचिन्तकले भने राम्रै सहयोग जुटाउनेछन् । सामाजिक कामको जिम्मेवारी बढ्नेछ । फाइदाका स्रोत पहिचान गर्न सकिनेछ ।

सिंह : आज पनि समय राम्रो छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ ।

कन्या : आज समय भरपर्दो रहनेछैन । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने वा आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ ।

तुला : आज पनि समय शुभ छ । न्यायिक निर्णय तथा कानुनि फैसलाहरु तपाइकै पक्षमा आउनेछन् । पढाई लेखाईमा मन जाने हुनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट पनि मनग्य आम्दानी गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ योग छ । आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भावना रहेकोछ ।

वृश्चिक : आज पनि समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्याबस्थापनका लागि गरिने काम अन्तिम निष्कर्षमा नपुगी बिचमा नै अवरुद्ध हुन सक्छन् ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुँदा अरुभन्दा पछि परिनेछ ।

धनु : आज पनि समय शुभ छैन । हतारको निर्णयले काम बिग्रनेछ । महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउलान् । सामान्य कामका लागि धेरै दौडधूप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । परिबन्धले चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला ।

मकर : आज पनि समय भरपर्दो रहनेछैन । ईष्या गर्नेले सताउलान् । घुमफिर तथा मनोरञ्जनको समय छ । तर लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला । सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ । आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ । वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ । परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्नेछ ।

कुम्भ : आज पनि समय शुभ छ । व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । नयाँ सवारीसाधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रेमी÷प्रेमिकाका बीचमा सुमधुरता र सामीप्यता प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ ।

मीन : आज पनि समय राम्रो छैन । सोचेका काममा बिलम्ब हुनेछ । पारिवारिक समस्यामा ध्यान दिनुपर्नेछ । आम्दानीका मार्गमा अवरोध आउने छ । व्यावसायिक काममा समय दिन सकिंदैन । साझेदारी र सट्टापट्टामा बेफाइदा हुने भएकाले सतर्क रहनु पर्छ । प्रेम सम्बन्ध निरस हुनेछ । तर आत्मविश्वासका साथमा काम गरेमा केही महत्वपूर्ण उपलब्धीसमेत प्राप्त हुनेछ ।
 

साइतः सूर्य कन्या राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः५५ बजेदेखि ७ः२५ बजेसम्म उद्धेग बेला
बिहान ७ः२५ बजेदेखि ८ः५४ बजेसम्म चर बेला
बिहान ८ः५४ बजेदेखि १०ः२४ बजेसम्म लाभ बेला
बिहान १०ः२४ बजेदेखि ११ः५२ बजेसम्म अमृत बेला
मध्यान्ह ११ः५२ बजेदेखि १ः२३ बजेसम्म काल बेला
दिनमा १ः२३ बजेदेखि २ः५२ बजेसम्म शुभ बेला
दिनमा २ः५२ बजेदेखि ४ः२२ बजेसम्म रोग बेला
दिनमा ४ः२२ बजेदेखि ५ः५२ बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः५२ बजेदेखि ७ः२२ बजेसम्म चर बेला
साँझ ७ः२२ बजेदेखि ८ः५३ बजेसम्म लाभ बेला
राति ८ः५३ बजेदेखि १०ः२३ बजेसम्म अमृत बेला
राति १०ः२३ बजेदेखि ११ः५४ बजेसम्म काल बेला
राति ११ः५४ बजेदेखि १ः२४ बजेसम्म शुभ बेला
राति १ः२४ बजेदेखि २ः५५ बजेसम्म रोग बेला
रातिमा २ः५५ बजेदेखि ४ः२५ बजेसम्म उद्धेग बेला
रातिमा ४ः२५ बजेदेखि ५ः५६ बजेसम्म चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ