arrow

एमाले आकस्मिक बैठकमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । 

पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए ।

बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा हुने जानकारी उनले दिए ।

बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ