arrow

कास्की कांग्रेसद्वारा पर्यटन विशेषज्ञ वृत्त निर्माण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
kaski_congress.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीको पर्यटन विशेषज्ञ वृत्त गठन गरेको छ । सो वृत्तमा अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, टिकाराम सापकोटा, सञ्जयकान्त सिग्देल, सोम थापा र दामोदरभक्त थापालाई राखिएको छ ।

कांग्रेसले यसअघि राजनीतिक वृत्त गठन गरेको थियो । अन्य विशेषज्ञ वृत्त क्रमशः गठन गर्दै अघि बढ्ने प्रवक्ता युवक लामिछानेले जानकारी दिए ।

कास्कीको सामाजिक क्षेत्रमा अमूल्य समय र जीवन दिएका व्यक्तित्वको उपस्थितिले पार्टीमा नयाँ उत्साह सञ्चार गरेको पार्टी सचिव भानुभक्त ढकालले बताए ।

पार्टीको केही महिना अघि सम्पन्न बैठकले विभिन्न विशेषज्ञ वृत्त बनाउने निर्णय गरेको थियो ।

पार्टीलाई आवश्यक राय, सल्लाह तथा सुझाव दिनका लागि निर्माण गरिएको विशेषज्ञ वृत्तमा समाजको विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वलालाई समेटिने सभापति किशोरदत्त बरालले बताए ।

‘समाजको विविध क्षेत्रमा रहेर उहाँहरुले आर्जन गर्नुभएको ज्ञान, अनुभव र विज्ञताको खाँचो र आवश्यकता पार्टीलाई सदैव छ, त्यसैले उहाँहरुको मूल्यवान समय र साथलाई फेरि पनि पार्टीले लिन चाहेको हो’, सभापति बरालले भने ।

पार्टीले राजनीति, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, वातावरण, योजना, उद्योग वाणिज्य, सुशासन तथा प्रशासन, साहित्य, कला तथा संगीत विशेषज्ञ वृत्त निर्माण गर्न लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ