arrow

अटोमोबाइल्सको साधारण सभा सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
nepal-automobiles.jpg

काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसनको दशौँ साधारण सभा ललितपुरमा सम्पन्न भएको छ । साधारण सभामा केन्द्रीय संघ, प्रदेश संघ, कमिसन तथा क्लबसमेत गरी ४४ जना सहभागी थिए ।

साधारण सभामा गत वर्षको प्रगति प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, अगामी कार्ययोजना तथा समसामायिक प्रस्ताव गरी चार वटा प्रतिवदेन प्रस्तुत भभएको थियो । सबै प्रतिवेदन उपर छलफल भइ पारित गरिएको अध्यक्ष दशरथ रिसालले जानकारी दिए ।

आगामी वर्षका लागि लेखापरीक्षक नियुक्ति, कार्यसमिति तथा कमिसनमा केही जिम्मेवारी हेरफेर, विशेष कार्यक्रमको घोषणालगायतका कार्यसमेत साधारणसभाले गरेको छ ।

संस्थाका अध्यक्ष रिसालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी निर्देशक गोविन्द भट्टराई, उपाध्यक्ष अनिलकुमार बराल, सचिव महेश अधिकारी, कोषाध्यक्ष धान्यमणि नेपाल, इन्जिनिएर गणशखर श्रेष्ठले बोलेका थिए ।

संघमा आवद्ध प्रदेश संघ, क्लब तथा एसोसिएटमध्येबाट गत आबमा सर्वाधिक सक्रिय बागमती अटोमोबाइल एसोसिएसनलाई एक्टिभ अवार्ड प्रदान गरिएको अध्यक्ष रिसालले जानकारी दिए ।

साधारण सभामा १८ जनालाई विशिष्ट योगदान दिएबापत प्रशंसापत्र प्रदान गर्ने निर्णय भयो भने हिमालयन मोटरल्याण्डको स्थानान्तरण, गोरिटारको प्रस्तावित रेसिङ सर्किट र ई-स्पोर्टस तथा पावरवोटिङमा जोड दिने निर्णय भएको उनले बताए ।

साथै १८ बुँदे क्यालेण्डर, १० बुँदे सार्वजनिक प्रतिवद्धता जारी गरी संघको विभिन्न कार्यक्रमका लागि प्रदेश संघ, क्लब र कमिसनलाई जिम्मेवारीसमेत दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ