arrow

शिवकाे प्रिय दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
rashifal-horoscope-6.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ असोज १४ गते सोमबार, इस्वीसंवत सेप्टेम्बर ३० तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनकृष्ण पितपृक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनकृष्ण पितपृक्षको त्रयोदशी तिथि रातिमा ७ः१६ बजेसम्म त्यसपछि चतुर्दशी तिथि लाग्नेछ । नक्षत्रमा मघा बिहानमा ८ः०३ बजेसम्म त्यसपछि पूर्वाफाल्गुनी लाग्नेछ । विष्कुम्भादि योगमा शुक्ल ५४ घटि ० पलासम्म त्यसपछि शुभ योग रहनेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा ध्वांक्ष रहनेछ ।

सूर्य कन्या राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान २९ घटि ४२ पला अर्थात ११ घण्टा ५५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः५६ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः४९ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ३ः३८ बजे र अस्ताउने समय भोलि दिनमा ४ः४२ बजे रहेको छ । आज त्रयोदशी श्राद्ध गर्ने दिन, सोम प्रदोष व्रत गर्ने दिन रहेको छ ।

आजको राशिफल

मेष : आज समय मध्यम खालको छ । अरुलाई जति राम्रो गर्छु भने पनि जस नपाइने, मानसिक चिन्ता बढ्ने काम अरुबाट हुने, आफन्त मानिएका व्यक्तिको विरोधले कतिपय काम अधुरो रहनेछन् । जताबाट पनि खर्चमात्रै हुने, यात्रामा समस्या हुने अवस्था रहेको छ सकेसम्म सतर्क रहनुहोला । आज हानी र नोक्सानीबाट मात्रै जोगाउन सकेमा धेरै ठूलो उपलव्धि हुनेछ ।

वृष : आज पनि समय अत्यन्त शुभ रहनेछ । आज ज्यादै फाइदाको रहेकोछ । त्यसकारण काम गर्दा धेरै महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला । जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका आजै राम्रो हुनेछ । परिवारका सदस्यबाट सकारात्मक सहयोग हुनेछ । सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ ।

मिथुन : आज पनि समय शुभ छ । स्वास्थ्य पनि भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । वृहस्पति ग्रह मजवुत रहेकाले मनमा एकप्रकारको ढुक्कपन रहने, दौडादौडी त्यति गर्नुपर्ने छैन । समयको सही सदुपयोग गर्नुहोला । समय शुभ रहेकाले समयको सही उपयोगले र नयाँ व्यापार व्यवसायमा लगानी गरे लाभ हासिल हुनेछ, यात्रा भने खराब छ ।

कर्कट : आज पनि समय खराब रहनेछ । आज चिसो र पखालालाले ठूलो दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । सडे गलेको बासी खाना होटलमा नखानुहोला । पिसाव सम्बन्धी रोग एक्कासि देखापर्न सक्छ । एक पटक स्वास्थ्य जाँच गराउनु नै उचित हुनेछ । आज गरेको लगानीबाट नोक्सानी हुन सक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला ।

सिंह : आज पनि समय शुभ छ । स्वास्थ्य पनि भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । वृहस्पति ग्रह मजवुत रहेकाले मनमा एकप्रकारको ढुक्कपन रहने, दौडादौडी त्यति गर्नुपर्ने छैन । समयको सही सदुपयोग गर्नुहोला । समय शुभ रहेकाले समयको सही उपयोगले र नयाँ व्यापार व्यवसायमा लगानी गरे लाभ हासिल हुनेछ, यात्रा भने खराब छ ।

कन्या : आज पनि समय खराब रहनेछ । अनावश्यक कार्यमा खर्च गर्न मन लाग्ने, निरासाका भावना मनमा उठ्नेछन् । पति-पत्नीबीच मनमुटाव हुन सक्नेछ । आम्दानी भन्दा खर्च बढी हुनाले पारिवारिक तनाव बढ्न सक्नेछ । गरेको कामबाट जस नपाइने, मानसिक चिन्ता बढ्ने काम अरुबाट हुनेछ, आफन्तले नै कुरा काट्नेछन् भने आजको ४ बजेपछिको समय सुधार भएर आउनेछ । आज यात्रा गर्दा पनि झन्झट हुनेछ ।

तुला : आज स्वास्थ्य राम्रो रहनेछैन । स्वास्थ्यमा एक्कासि समस्या आउनेछ । आज टाढाको यात्रा गर्नु पनि उचित छैन । जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ । सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जनजीवनमा अफ्ठ्यारो पनि पार्न सक्ने छ । नयाँ निर्णय, व्यवसायमा लगानी आज नगर्दा नै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

वृश्चिक : आज पनि स्वास्थ्य राम्रो रहनेछ । आम्दानी बढ्ने, व्यापार-व्यवसायमा लाभ, प्रेमप्रसंग सुमधुर तथा पति-पत्नीको रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ । आज ४ बजेपछि भने समय खराब रहने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा सतर्क हुनुहोला । जे काम गर्दा पनि सतर्क हुनुपर्नेछ ।

धनु : आज पनि समय राम्रो रहनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

मकर : आज पनि समय खराब छ । विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन निकै सजग रहनुपर्ला । परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्च गनुपर्नेछ । दिनमा ४ बजेपछि प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ । आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्न सक्छ ।

कुम्भ : आज समय खराब नै रहनेछ । पहिलेको सफलताले हौसला जगाए पनि विवाद तथा मुद्दामा निकै सजग रहनुपर्नेछ । प्रतिस्पर्धीले अलि दुःख दिन सक्छन् । ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला । दिनमा ४ बनेपछि विवाद तथा मुद्दामा आफ्नो पक्ष बलियो रहनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।

मीन : आज केही खर्च लागे पनि नयाँ काममा लगानी गर्ने समय छ । मिहिनेतले प्रतिस्पर्धी पछि पर्नेछन् । प्रयत्न गर्दा देश-विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अरूको करकापमा गरिएको कामसमेत लाभदायी बन्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने वा आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ । सरसापटमा गएको रकमले समेत मनग्गे फाइदा दिनेछ ।

साइत : सूर्य कन्या राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व, पश्चिम, दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (रात्रि)

बिहान ५ः५५ बजेदेखि ७ः२५ बजेसम्म अमृत बेला
बिहान ७ः२५ बजेदेखि ८ः५४ बजेसम्म काल बेला
बिहान ८ः५४ बजेदेखि १०ः२४ बजेसम्म शुभ बेला
बिहान १०ः२४ बजेदेखि ११ः५२ बजेसम्म रोग बेला
मध्यान्ह ११ः५२ बजेदेखि १ः२३ बजेसम्म उद्धेग बेला
दिनमा १ः२३ बजेदेखि २ः५२ बजेसम्म चर बेला
दिनमा २ः५२ बजेदेखि ४ः२२ बजेसम्म लाभ बेला
दिनमा ४ः२२ बजेदेखि ५ः५२ बजेसम्म अमृत बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः५२ बजेदेखि ७ः२२ बजेसम्म काल बेला
साँझ ७ः२२ बजेदेखि ८ः५३ बजेसम्म शुभ बेला
राति ८ः५३ बजेदेखि १०ः२३ बजेसम्म रोग बेला
राति १०ः२३ बजेदेखि ११ः५४ बजेसम्म उद्धेग बेला
राति ११ः५४ बजेदेखि १ः२४ बजेसम्म चर बेला
राति १ः२४ बजेदेखि २ः५५ बजेसम्म लाभ बेला
रातिमा २ः५५ बजेदेखि ४ः२५ बजेसम्म अमृत बेला
रातिमा ४ः२५ बजेदेखि ५ः५६ बजेसम्म काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ