arrow

नेप्सेमा सुधार, ४४ अङ्कको वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि भएको छ । सोमबार नेप्से ४४.४५ अङ्कले बढेर २५०८.८६ विन्दुमा रोकिएको हो ।

सोमबार ३१९ कम्पनीको कारोबार हुँदा ९७ लाख १७ हजार ९५९ कित्ता शेयर ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९३५ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार सीईडीबी हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै प्रभु सेलेक्ट फन्डको शेयर मूल्य सबैभन्दा बढी ९.३६ प्रतिशतले घटेको छ ।

त्यसैगरी सीईडीबी हाइड्रोको सबैभन्दा बढी १७ करोड ६९ लाख ६४ हजारको शेयर कारोबार भएको छ ।



नयाँ