arrow

रोचक मोडमा भारत र बंगलादेश बीचको दोस्रो टेस्ट क्रिकेट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
india-bang-2md-test-24-9-30.jpg

काठमाडौँ । भारत र बंगलादेशबीचको दोस्रो टेस्ट क्रिकेट रोचक मोडमा पुगेको छ । खेलको तीन दिन वर्षाले प्रभावित बनेपछि चौथो दिनको खेल सकिँदा बंगलादेशले दोस्रो इनिङ्स शुरु गरेको छ । चौथो दिनको खेल सकिँदा बंगलादेशले २ विकेट गुमाएर २६ रन बनाएको छ र भारतभन्दा २६ रनले अझै पछाडि रहेको छ ।

यसअघि भारतले आज आफ्नो पहिलो इनिङ्समा ३४.४ ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो । भारतले पहिलो इनिङ्समा ५२ रनको अग्रता लिएको थियो । ।

यसअघि बंगलादेश २३३ रन बनाएर अल आउट भएको थियो । बंगलादेशका लागि मोनिमुल हकले अविजित रहँदै १०७ रन बनाएका थिए । भारतका लागि जसप्रित बुमराहले ३ तथा मोहम्मद सिराज, रविचन्द्रन आश्विन र आकाश दीपले २–२ विकेट लिएका थिए । 

जवाफमा भारतका लागि यशस्वि जैसवालले ७२ तथा केएल राहुलले ६८ रन बनाएका थिए । बंगलादेशका लागि अन्तिम टेष्ट खेलिरहेका शकिब अल हसन र मेहन्दी हसन मिराजले ४–४ विकेट लिए । 

दोस्रो इनिङ्समा मंगलबार अन्तिम दिन बंगलादेश २ विकेटको क्षतिमा २६ रनबाट अगाडि खेल्नेछ । शदमन इस्लामले ७ तथा मोनिमुल हकले ० बाट अगाडि खेल्नेछन् । दुवै विकेट रविचन्द्रन आश्विनले लिएका छन् । 

भारतले रोमाञ्चक जित निकाल्नका लागि बंगलादेशका खेलाडीहरुलाई खाजा समयभित्रै अलआउट गर्नुपर्ने हुन्छ । 

अब खेलको पाँचौँ दिन भारतले बंगलादेशलाई छिटो अल आउट गरेर खेल जित्ने प्रयास गर्ने छ भने बंगलादेशले दिनभर ब्याटिंग गरेर खेल बराबरी गर्ने प्रयास गर्ने छ ।

पहिलो खेल भारतले जितेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ