arrow

ठुटेबरमा मोटरसाइकल दुर्घटना हुँदा न्यौपानेको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
Accident-sign.jpg

झापा । झापा जिल्लाको विर्तामोड नगरपालिका-१० ठुटेबरमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिश न्यौपानेको मृत्यु भएको छ ।

साेमबार राति बिर्तामोड नगरपालिकाको बिर्ता बजारबाट सैनिक बजारतर्फ जाँदै गरेको प्रदेश १-०१-०१२ प ५८९१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्रीलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएको न्यौपानेको साेमबार बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३८ वर्षीय टिकाराम रायको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ