arrow

रजनीकान्त अस्पताल भर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
rajanikant.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । मिडिया रिपोर्टका अनुसार रजनीकान्तलाई गएराति चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको छ ।  

पेट दुखेको गुनासो गरेपछि उनलाई भर्ना गरिएको बताइएको छ । त्यस्तै केही भारतीय मिडियाहरुले भने रजनीकान्तको मुटु सम्बन्धी समस्या भएको र आजै मुटुको शल्यक्रिया गरिने बताएका छन् ।

रजनीकान्तको स्वास्थ्य पछिल्लो केही वर्षयता रजनीकान्तको स्वास्थ्य पटक–पटक बिग्रिएको छ । रजनीकान्तको सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपणसमेत गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ