arrow

आईपीएलले विदेशी खेलाडीका लागि बनायो कडा नियम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
ipl-2024-final-kkr-sh.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आईपीएलमा विदेशी खेलाडीका लागि कडा नियम ल्याएको छ । आईपीएलले हालै सबै विदेशी खेलाडी मेगा अक्सनमा अनिवार्य दर्ता हुनुपर्ने नियम ल्याएको छ । साथै मेगा अक्सनमा दर्ता नभएका खेलाडीले पछि हुने मिनी लिलामीमा प्रवेश नपाउने भएका छन् ।

साथै लिलामीमा बिक्री भएपछि कुनै खेलाडी प्रतियोगिताबाट पछि हटेमा उसलाई अर्को २ सिजनको लागि प्रतिबन्ध लगाइनेछ । खेलाडी घाइते भएमा उनलाई प्रतिबन्ध लाग्दैन तर यसका लागि उनले आफ्नो राष्ट्रिय बोर्डबाट अनुमति लिनुपर्नेछ । 

साथै विदेशी खेलाडीले अब एक सिजनमा १८ करोड भारु भन्दा बढी कमाउन पाउने छैनन् । पछिल्लो मिनी लिलामीमा अस्ट्रेलियाका मिचेल स्टार्क २४.७५ करोड भारु र प्याट कमिन्स २०.५० करोड भारुमा बिक्री भएका थिए । 

अब भने विदेशी खेलाडीका लागि परिधि बनाएको छ, जसमा १८ करोड भन्दा बढी कमाउन सक्ने छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ