arrow

गोविन्दालाई गोली लाग्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
govindaa.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बलिउड अभिनेता गोविन्दालाई गोली लागेको छ । उनको खुट्टामा गोली लागेको हो ।

उनको आफ्नै पेस्तोलबाट गोली लागेको भारतीय सञ्चार माध्यमहरुले स्रोतको प्रयोग गर्दै लेखेका छन् । 

आज बिहान स्थानीय समयअनुसार ४ः४५ बजे उनलाई गोली लागेको हो । ६० वर्षीय गोविन्दाले आफ्नो पेस्तोल सफा गर्ने क्रममा मिस फायर भएर गोली लागेको हो । 

मुम्बई प्रहरीले समयमै पुगेर उनको पेस्तोल नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा अनुसन्धान थालेको पनि प्रहरीले जनाएको छ । 

प्रहरी वरिष्ठ अधिकारी परमजीत सिंह दहियाले जुन पेस्तोलबाट गोली लागेको हो त्यसको लाइसेन्स भएको बताए । 

गोविन्दाको मुम्बईस्थित क्रिटी केयर अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टाबाट धेरै नै रगत बगेको छ । जसका कारण उनको स्वास्थ्य स्थिति गम्भीर बनेको छ । 

अस्पतालका अनुसार शुरुआती उपचारपछि गोविन्दा खतरामुक्त रहेका छन् । 

उनकी पत्नी सुनीता आहुजा अस्पतालमा गोविन्दासँगै छिन् । गोविन्दाकी आमा नेपाली हुन् । उनले नेपाललाई मामाघर भन्छन् भने चलचित्रकर्मीहरु उनलाई भान्जा भनेर बोलाउँछन् । 

गोविन्दाका व्यवस्थापक शशि सिन्हाका अनुसार गोविन्दा एक कार्यक्रमका लागि कोलकाता जाँदै थिए । उनको बिहान ६ बजेको फ्लाइट रहेको थियो । 

आलमारीमा पेस्तोल राख्दा मिस फायरिङ हुँदा घुँडाभन्दा मुनिको भागमा गोली लागेको हो । उनको खुट्टाबाट गोली निकालिसकिएको छ । 

गोविन्दाको अन्तिम फिल्म सन् २०१९ मा आएको रंगीला राजा हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ