arrow

टेष्टमा भारतको टी–२० शैली, बंगलादेशविरुद्ध क्लिन स्वीप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
india-ban-test-24-10-1.jpg

काठमाडौँ । भारतले बंगलादेश विरुद्धको दोस्रो टेष्ट क्रिकेटमा सनसनीपूर्ण जित हासिल गरेको छ । मंगलबार दोस्रो टेस्ट ७ विकेटले जित्दै भारतले २ खेलको श्रृंखला २–० ले आफ्नो पक्षमा पारेर सनसनी मच्याएको हो ।

कानपुरमा वर्षाले तीन दिनको खेल सम्भव नभएका अवस्थामा चौथो दिनको खेलमा कायापलट गर्दै भारतले सनसनी मच्याएको हो । बंगलादेशले भारतलाई ९५ रनको लक्ष्य दिएकामा भारतले १७.२ ओभरमै ३ विकेट गुमाउँदै पूरा गरेको हो । 

चौथो दिनको खेल सकिँदा बंगलादेशले २ विकेट गुमाएर २६ रन बनाउँदा भारतभन्दा २६ रनले पछाडि रहेकामा पाँचौँ दिन बंगलादेश खाना समयअघि नै अलआउट हुँदै १४६ रनमा समेटियो । 

यसअघि बंगलादेश पहिलो इनिङ्समा ७४.२ ओभर खेल्दै २३३ रनमा अलआउट भएको थियो । जवाफमा भारतले ३४.४ ओभरमै ९ विकेट गुमाउँदै २ सय ८५ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो । 

भारतले पहिलो इनिंगमा ५२ रनको अग्रता लिएर इनिङ्सघोषणा गरेको थियो । 

भारत र बंगलादेशले अब आइतबरदेखि ३ खेलको टी–२० श्रृंखला खेल्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ