arrow

एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
uml-meet-oli.jpg

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको उद्धार र राहत कार्यमा जुट्न पार्टीका नेता÷कार्यकर्ताहरूलाई निर्देशन दिएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पीडितहरूको पुनः स्थापना, राहतको व्यवस्था गर्न र समस्या परेका स्थानमा समाधान गर्न सरकारी तवरबाट पहल र प्रयत्न गर्न निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एमाले सचेतक सुनिता बरालले एमालेका जनप्रतिनिधिहरूले पनि आवश्यक सहयोगमा लाग्न निर्देशन दिएको बताइन् । उनले आम नागरिकलाई साझा रूपमा संयुक्त आह्वान गरेर डटेर विपद् व्यवस्थापनमा जुट्न आग्रह गरेको बताइन् । सरकारी, गैरसकारी संस्था, नागरिक समाजलाई पनि आवश्यक सहयोग गर्न आह्वान गरेको जानकारी दिइन् । 

उनले भनिन्, ‘अहिले भइरहेको प्राकृतिक विपत्ति जुन बाढी पहिरोका कारणले भएको क्षति छ यसकै सन्दर्भसँग जोडिएका बसेका थियौँ । सँगै सम्माननीय प्रधानमन्त्रीज्यूको संयुक्त राष्ट्र सङ्घको भ्रमणका विषयमा पनि उनले जानकारी गराए । भ्रमण जानुअघि सरकारले ल्याएको संकल्प कार्यक्रमहरु थिए, जुन साझा कार्यक्रमहरु त्यसमा पनि प्रतिबद्ध भएर अघि बढ्न भन्नुभएको छ । बाढी पीडितहरूको सन्दर्भमा पुनः स्थापना गर्ने, उहाँहरूलाई राहतको व्यवस्था गर्ने, समस्या परेका स्थानमा समाधान गर्न सरकारी तवरबाट पहल र प्रयत्न गरी हामी जनप्रतिनिधिले कहाँ र कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरामा साझा रूपमा संयुक्त आह्वान गर्दै डटेर अघि बढ्ने । यसमा नेकपा एमाले र एमाले दलका तर्फबाट सरकारी, गैरसकारी संस्था, नागरिक समाजलाई पनि अनुरोध गर्ने र सरकारी संयन्त्रहरूको अधिकतम उपयोग गर्नका लागि जनप्रतिनिधिहरू सचेततापूर्वक लाग्ने कुराको निर्देशन दिनुभएको छ । नेकपा एमाले दलमा आबद्ध हुनुभएका सांसदहरूको आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्न निर्देशन गरेका छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ