arrow

सकियो पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
patan-expo.jpg

काठमाडौँ । ‘समृद्धिका लागि सम्पदा संरक्षण’ भन्ने मूल नाराका साथ ललितपुरको पाटन दरबार परिसरमा आयोजित ‘पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो, २०२४’ सम्पन्न भएको छ ।

विश्व पर्यटन दिवसको अवसर पारेर ललितपुर रत्न तथा आभूषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजले संयुक्तरुपमा एक्सपो आयोजना गरेका हुन् ।

एक्सपोमा सांस्कृतिक, व्यापारिक, स्थानीय परिकार तथा पर्यटन प्रवर्द्धनात्मक गरी २५ वटा स्टल राखिएका थिए ।

क्लब अध्यक्ष सज्जु व्यञ्जनकारका अनुसार स्टलमा स्थानीय उद्योग, व्यवसाय, नेपालमा पाइने खनिजसहित कला, संस्कृति, स्थानीय गरगहना तथा कलाकृति प्रदर्शन गरिएको थियो ।

कार्यक्रमबाट धार्मिक, आध्यात्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्व बोकेको ललितपुरको पाटन दरबार क्षेत्रको प्रचार प्रसार हुनुका साथै यस क्षेत्रको विशिष्ट पहिचान बोकेका गरगहना तथा प्राचीन पहिरनको पुनरावृत भई आर्थिक गतिविधिसमेत बढ्ने विश्वास लिइएको छ ।

एक्सपोको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए ।

एक्सपो समापन समारोहमा र्‍याम्प वाल्कको प्रस्तुति, परम्परागत चर्या तथा अन्य नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

रोटरी क्लब अफ काठमाडौँ हेरिटेज, रोट्रयाक्ट क्लब अफ पाटन हेरिटेज, रोटरी क्लब अफ ललितपुर, रोटरी क्लब अफ यल पाटन र रोटरी क्लब अफ भरतपुरको सहयोगमा सम्पन्न भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ