arrow

गोविन्दामाथिको गोली प्रकरण शंकास्पद

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
govindaa.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बलिउड अभिनेता गोविन्दा आफ्नै पेस्तोलले गोली लागेर घाइते भएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गोविन्दाले विज्ञप्ति जारी गर्दै आफ्ना फ्यानहरूलाई डाक्टरले गोली निकालेको र आफ्ना फ्यानहरूको माया र भगवानको आशीर्वादले आफू ठीक रहेको जानकारी दिएका थिए । 

तर मुम्बई क्राइम ब्रान्चको टोलीले गोविन्दासँग घटनाबारे जानकारी लिएको थियो । गोविन्दाको बयानबाट प्रहरी सन्तुष्ट नभएको र प्रहरीले गोविन्दाको बयान फेरि रेकर्ड गर्न सक्ने बताइएको छ ।

रिपोर्टमा पुलिसले शुरुमा यस घटनामा कुनै प्रमाण फेला नपारेको बताइएको छ । तर प्रहरीले गोविन्दाको भनाइबाट असन्तुष्ट भएको र बयान फेरि रेकर्ड गर्ने बताइएको छ । 

गोविन्दाकी छोरी टिना आहुजालाई पनि प्रहरीले सोधपुछ गरेको रिपोर्टमा उल्लेख छ । उनको बयान पनि लिइएको छ । थप अनुसन्धान जारी छ।

रिभल्भर ०.३२ बोरको हुँदा ९ एमएमको गोली कसरी निस्कियो भन्ने प्रहरीको भनाइ छ । किनभने यो रिभल्भरमा ९ एमएमको गोली फिट हुन सक्दैन । अब प्रहरीले दुर्घटना वा घटनाको कोणबाट अनुसन्धान गरी घटनाको अनुसन्धान गर्नेछ । 

यति मात्र होइन गोविन्दालाई गोली हानेको समयमा अभिनेतासँगै अरु कोही रहेको प्रहरीको आशंका छ । साथै प्रहरीसँगको बयानमा गोविन्दा धेरै प्रश्नको जवाफ दिन हिचकिचाएको बताइएको छ ।

यति मात्र होइन, क्राइम ब्रान्चका एक अधिकारीले अहिले यो दोस्रो व्यक्तिको खोजी गरिरहेको बताएको छ ।



नयाँ