arrow

सहयोगका लागि कोरियाली सरकारलाई सभामुख घिमिरेले दिए धन्यवाद 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
devraj-ghimire-81-6-16.jpg

 काठमाडौँ । नेपाल र गणतन्त्र कोरियाबीच १९७४ मे १५ तारिखमा कुटनीतिक सम्बन्ध स्थापना भएको हो। विगतका ५० वर्ष दुई देशबीच सम्मानजनक आत्मीय सम्बन्ध तथा जनस्तरको सम्बन्ध पनि सकारात्मक रुपमा अगाडि बढेको छ।

यस वर्षको शुरुआतबाट नै नेपालमा रहेको कोरियाली दूतावासले जनवरी महिनाबाटनै हरेका महिना विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्दै आएको छ। 

त्यही शिलशिलामा अक्टोबर २ तारिख (बुधबार) कोरियाबाट ख्याति प्राप्त कलाकारहरु नेपालमा आमन्त्रण गरेर कोरियाको संस्कृति नेपालीमाझ प्रस्तुत गर्ने कार्य भयो। नेपाल आर्मी अफिसर्स क्लबमा आयोजित सांस्कृतिक कार्यक्रममा सभामुख देवराज घिमिरेको उपस्थिति रहेको थियो । 

प्रमुख अतिथिका रुपमा स्वागत मन्तव्य दिँदै सभामुख घिमिरेले कुटनीतिक सम्बन्ध स्थापनाको ५०औं स्वर्णजयन्तीको अवसरमा नेपाल र कोरियाली नागरिकलाई बधाई दिए । उनले कोरियाको तर्फबाट विगत देखिनै नेपालका विभिन्न क्षेत्रहरुमा सहयोग रहँदै आएको प्रसंग उठाउँदै कोरियाली सरकारलाई धन्यबाद दिए । 

उक्त कार्यक्रममा कूटनीतिक नियोगका पदाधिकारीहरु, सरकारी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरु र नेपालमा बसोवास गर्ने कोरियाली नागगिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

स्वागत मन्तब्यका क्रममा राजदूत पार्क थेयङले नेपालले हाल आर्थिक विकासमा दिएको प्राथमिकता, नेपालमा लगानी र पर्यटनको अवशर सम्बन्धमा प्रकाश पारे । साथै उनले कुटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षको यात्राको क्रममा भएका विभिन्न साझेदारी कार्यक्रमको बारेमा आफ्नो सकारात्मक धारण राखे । 

दूतावासद्वारा आयोजित उक्त साँस्कृतिक कार्यक्रममा आफ्नो सांस्कृतिक प्रस्तुतिका लागि ३ वटा ख्यातिप्राप्त टोलीको प्रस्तुति रहेको थियो । 

कार्यक्रममा कोरियाका विभिन्न संस्कृति र भौगोलिक प्रतिनिधित्व हुने गरी परम्परागत कोरियाली बाजाको प्रयोग हुनुका साथै नृत्यहरु रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ