arrow

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
accident-final.jpg

गोरखा । गोरखामा मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा४२प ७९८३ नम्बरको मोटरसाइकल गोरखा-आँबुखैरेनी सडकको गोरखा नगरपालिका-९, ठिगुरेस्वाँरामा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा भीमसेन थापा गाउँपालिका-२, तान्द्राङका ३४ वर्षीय मोटरसाइकल चालक टीकाराम लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

मोटसाइकल अनियन्त्रित भएर सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका लामिछानेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक शर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ