-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ इटहरी भन्ने ठाउँमा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा संखुवासभाको सिलिङचोङ गाउँपालिका वडा नं ५ का ४० वर्षीय टिका राई छन् ।
उनी ट्रेकिङका लागि कञ्चनजंघा क्षेत्र जाँदै गरेका पर्यटक टोलीका कुक भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
आवश्यक अध्ययन गरी शव उठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।