arrow

ट्याक्टरको ठक्करबाट बालककाे मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
accident-final.jpg

तनहुँ । तनहुँमा ट्याक्टरको ठक्करबाट एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका वडा नं १ गल्वुवेशीका सात वर्षीय सविन कुमाल छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गल्वुवेशीमा ग१त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बालकको मृत्यु भएको हो । विद्यालय जान लागेका कुमाललाई ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएको उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको तनहुँ प्रहरीका डीएसपी अशोक थापाले जानकारी दिए ।

चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ