arrow

कास्की प्रहरी प्रमुखको स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
sp-oliya-kaski.jpg

पोखरा । होटल प्रतिनिधि समाज पोखराले कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम ओलीयाको स्वागत गरेको छ ।

बडादशैँ, विजयादशमी, नेपाल संवत्, शुभ दीपावली, छठ, ईद, ल्होसारलगायतका पर्वको अवसरमा समाजद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा एसपी ओलीयाको स्वागत गरिएको हो ।

समाज अध्यक्ष माधव लम्साल, वडाध्यक्ष विष्णुबहादुर भट्टराई, निवर्तमान अध्यक्ष सन्तु औधरी, समाजका पूर्वअध्यक्ष लक्ष्मण सुवेदीसहित पदाधिकारी र सदस्यले एसपी ओलीयाको स्वागत गरेका थिए ।

सो अवसरमा एसपी ओलीयाले समग्र कास्कीसहित प्रमुख पर्यटकीय गन्तव्यको शान्ति सुरक्षामा कुनै कमि हुन नदिने प्रतिबद्धता जनाए ।

उनले प्रहरी र नागरिक मिलेर नै समाजमा शान्ति कायम गर्न सकिने भन्दै आफू भर्खरै आएकाले सबै कुरा बुझ्ने क्रममा रहेको स्पष्ट पारे ।

होटल प्रतिनिधिले पोखरा आउने पर्यटकको सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिँदै यसका केही समस्या भए बसेर छलफल गरिने एसपी थापाले बताए ।

वडाध्यक्ष भट्टराईले होटल प्रतिनिधि समाजले निकै उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गरे ।

होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले समाजमार्फत पर्यटकको सुरक्षामा निकै राम्रो काम भएको स्पष्ट पारे ।

बैदाम प्रहरी प्रमुख डीएसपी सन्तोष निरौलाले पोखरा आउने पर्यटकलाई सुरक्षा दिन र गन्तव्य पुर्याउन मिलेर काम गर्ने बताए ।

सामुदायिक सेवा केन्द्र कास्कीका अध्यक्ष भीमप्रसाद पराजुलीले समाजमा शान्ति सुरक्षा अमनचयन गर्न सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

समाजका अध्यक्ष लम्सालले पर्यटकको सुरक्षा आफूहरुको पहिलो कर्तव्य भएको बताए । समाजले पर्यटकको सुरक्षासँगै सामाजिक क्षेत्रमा पनि सक्रियतापूर्वक काम गरिरहेको उनले स्पष्ट पारे ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जीवराज उपाध्यायले स्वागत र महासचिव शिव पौडेलले सञ्चालन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ