arrow

नदीले बगाउँदा १५ वर्षकी आरतीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
mahottari.png

महोत्तरी। महोत्तरीको मटिहानी नगरपालिका-९ सिमरदही गाउँमा सोमबार विग्ही नदीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय वीरेन्द्र मण्डलकी छोरी १५ वर्षीया आरतीकुमारी मण्डल रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए ।

वग्ही नदीमा नुहाउन गएकी उनलाई नुहाउने क्रममा आएको बाढीले बगाएको थियो ।

नदीले बगाएको किशोरी आरतीलाई स्थानीयले खोज्ने क्रममा बगाएको स्थानदेखि पाँच सय मिटर तल फेला पारेका थिए ।

किशोरीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ