arrow

'सीजीको दशैँमा १० अफर' दामन्तीले जितिन् १० ग्रामको सुनको सिक्का

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
cg-81-06-22-yy.jpg

काठमाडौँ । नेपालको अग्रणी ब्राण्ड सीजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडीए) ले दशैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना 'दशैँमा १०' अफर ल्याएको छ । 

यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरुले १०-१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अवसर प्राप्त गर्नेछन् । सोही अन्तर्गत सीजीका साना धरायसी सामान खरिद गरी डिजिटल लक्की ड्रमार्फत १० ग्रामको सुनको सिक्का जित्न सफल चितवनकी दामन्ती थापालाई बधाईका साथ सीजीले आउँदै गरेको बडादशैँको शुभकामना व्यक्त गरेको छ । 

यो अफर सीजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश रहेको बताएका छन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले सीजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरी विज्ञापन वा सामान किनेको पसलमा दिइएका क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरी आफ्नो विवरण भरी समावेश गर्नुपर्नेछ ।

यो योजना सीजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ ।

यस अभियान भदौ २३ गतेबाट नेपालभर सीमित अवधिको लागि लागू गरिएको भन्दै सीजीले भनेको छ, 'तसर्थ छिटो गर्नुहोस्, अझै थुप्रै सुनका सिक्काहरु बाँकी रहेका छन् । आजै बजार गई सीजीका साना धरायसी सामानहरु खरिद गरी सुनको सिक्का जित्ने भाग्यशाली विजेता बन्नुहोस् ।

नेपालकै नं १ र ठूलो ब्राण्ड सीजी प्रत्येक नेपालीहरुको मन जित्न सफल भएको छ । आफ्ना ग्राहकहरुलाई मध्यनजर गरी सीजीले सीजी मेरिडिया नामक प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुनेछ ।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ