arrow

देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन् – बालेन 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २३ बुधबार
walendra-sah-balen-81-2-18.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरका मेयर वालेन्द्र साह (बालेन) ले देश मारवाडी सेवा समाज जस्ता संस्थाले चलाएको टिप्पणी गरेका छन् ।

पशुपति धर्मशालामा आज मारवाडी सेवा समाज र महानगर प्रहरीबीच भएको झडपबारे टिप्पणी गर्दै बालेनले पशुपति विकास कोषको अनुमतिमा महानगरले धर्मशालाको संरक्षण गर्दै असक्तहरुलाई निःशुल्क खाना र औषधि उपचार गर्न प्रयोग गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘नाजायज सम्बन्धबाट  सम्झौता गरी गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समाजले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैयाँ तिरेर हडपेको जग्गा अदालतले दाबी पुग्दैन भनेर पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ, अनि समितिले  महानगरलाई धर्मशाला तथा असक्तहरुलाई निःशुल्क खाना र औषधि उपचार गर्न  भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समाजको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समाजबाट पो रहेछ । अनि हामी चाहिँ देश प्रहरी र सरकारले चलाएको भन्दै भ्रममा रहेछौँ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ