arrow

मारवाडीले मनोमानी गरेको पशुपतिस्थित धर्मशाला महानगर प्रहरीले यसरी गरायो खाली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २३ बुधबार
gusala-dharmasala.jpg

काठमाडौँ । लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रुपमा मनोमानी सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रमा रहेको धर्मशाला महानगर प्रहरीले खाली गराएको छ । बुधबार महानगरपालिकाका नगर प्रहरीले मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको छ । 

मारवाडी सेवा समितिले गरेको विरोधको बाबजुद महानगरको टोलीले बल प्रयोग गरेर काठमाडौं महानगरको बोर्ड राखेको छ । धर्मशाला बाहिर भने मारवाडीहरुले नारा जुलुस लगाएका थिए । महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन ८ नम्बर वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेको थियो । महानगर प्रहरीले १० बजेसम्म धर्मशाला खालि गराउन माइकिङ गरे पनि नहटाएपछि महानगर प्रहरीले खालि गराएको हो । 

मारबाडी सेवा समितिले यस अघिको कररा बदर गरी पाउँ भनी काठमाडौँ जिल्ला अदालतमा पशुपति विकास कोष विरुद्ध दायर मुद्दामा यही असोज १६ गतेको फैसलामा समितिको दाबी नपुग्ने ठहर गरेपछि परिषद्ले सो निर्णय गरेको हो ।

त्यसअघिको पत्रकार सम्मेलनका क्रममा बोल्दै मारवाडी सेवा समिति नेपालका अध्यक्ष रमेश ताडिन्याले महानगरले धर्मशालामा कुनै गतिविधि गर्न नहुनेप्रति सचेत गराएका थिए । उनले अदालतमा मुद्दाको पूर्ण पाठ नआएको र अहिले अदालत बिदामा रहेकाले पूर्ण पाठ आइसकेपछि पुनरावेदन गर्न पाउने अधिकार दिनुपर्ने माग गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ