arrow

शैक्षिक सहजीकरणका लागि कांग्रेस शिक्षा शाखाको आग्रह

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८१ असोज २३ बुधबार
education-kavre-congress.jpg

बनेपा । नेपाली कांग्रेस काभ्रेको शिक्षा शाखाले पर्वपछि क्षतिग्रस्त संरचना आवश्यक सुधारसहित शैक्षिक कृयाकलाप चालु गर्न सहजीकरण गरिदिन सबै स्थानीय तहलाई अपील गरेको छ ।

शिक्षा शाखा प्रमुख दिपेन्द्र पौडेलले विज्ञप्तिमार्फत सो अपील गरेका हुन् । असोज दोस्रो साता देशव्यापी रुपमा बाढिपहिरोको प्रकोपका कारण सिर्जित अवस्थामा शैक्षिक क्षेत्र पनि गम्भीर असरको चपेटामा परेका कारण यसबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन् । 

विज्ञप्तिमा भनिएको छ, “दशै तिहार पछाडि पठनपाठन चालु गर्दा शिक्षक–विद्यार्थीहरुको ज्यान जोखिममा पर्न सक्ने र मानसिक तनाब झेल्नुपर्ने कुरालाई ध्यानमा राखी आफूले सक्नेसम्म आवश्यक सुधार गरी शैक्षिक कृयाकलाप चालु गर्न सहजीकरण गरिदिन सबै स्थानीय तहलाई हार्दिक अपील गर्दछु । साथै अन्य गम्भीर क्षतिको लगत सङ्कलन गरी शिक्षा समन्वय इकाइमार्फत नेपाल सरकार शिक्षा मन्त्रालयमा पठाउन अनुरोध गर्दछु । सो कार्यमा आवश्यक सहजीकरणका लागि नेपाली कांग्रेस शिक्षा शाखा काभ्रे सदैव तयार रहेको कुरा जानकारी गराउन चाहन्छु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ