arrow

एलजीले बाढीबाट क्षतिग्रस्त इलेक्ट्रोनिक्सको निःशुल्क एक्सचेन्ज र मर्मत सेवा प्रदान गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २४ बिहिबार
cg-lg-dashian-offer.jpg

काठमाडौँ। सीजी इलेक्ट्रोनिक्स अन्तर्गत एलजी नेपालले हालैका बाढी र पहिरोबाट क्षति पुगेका इलेक्ट्रोनिक्सको निःशुल्क एक्सचेन्ज र मर्मत सेवा प्रदान गरिरहेको छ।

यो सेवा प्रदान गर्न, कम्पनीले 'एलजीको सहायता सेवा' नामक मर्मत सहायता कार्यक्रम सुरु गरेको छ, जसअन्तर्गत बाढी र पहिरोबाट प्रभावित भएका वारेन्टीभित्रका उत्पादनहरूको निःशुल्क मर्मत गरिनेछ।

कम्पनीका अनुसार यो योजना एलजीका सबै उत्पादनहरूमा लागू हुनेछ। यस अभियानअन्तर्गत ग्राहकहरूले १००% निःशुल्क सेवा र स्पेयर पार्ट्स पाउनुका साथै आफ्नो क्षतिग्रस्त उपकरणहरू साट्नको लागि उत्कृष्ट मूल्य प्राप्त गर्ने सुविधा पाउनेछन्। यो योजना कात्तिक ९ सम्म मान्य हुनेछ, र ग्राहकले यस अवधिभित्र आफ्नो समस्या दर्ता गराउनु पर्नेछ।

दर्ता र थप जानकारीका लागि ग्राहकहरूले १६६०-०१-००२११ वा ०१-५९७०२११ हेल्पलाइनमा सम्पर्क गर्न सक्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ