arrow

एनसेल फाउन्डेसनद्वारा गोदावरी नगरपालिकाका बाढी पहिरो पीडितलाई राहत वितरण (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २४ बिहिबार
ncell-foundation-flood-victim-relief-2081.jpg

काठमाडौँ। असोज ११ र १२ गते देशभर परेको वर्षाले निम्त्याएको बाढी पहिरोको विनाशपछि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत प्याकेज वितरण गरेर सहयोग गरेको छ ।

एनसेल फाउन्डेसनले असोज २१ (सोमबार) गोदावरी नगरपालिकाका बाढी पहिरोले धेरै क्षति पुर्‍याएका पाँच वटा वडाहरू (वडा नं. ४, ७, ८, १० र १३)का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको छ ।

“सङ्कटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो । हामी सबै एक ठूलो परिवारको रूपमा कनेक्टेड छौँ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन एण्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन् ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भने, “विपद्को यो कठिन घडीमा एनसेल फाउन्डेसनबाट हाम्रो नगरपालिकाका विभिन्न वडाका पीडित हरुलाई आएको यो राहत एकदमै ठूलो सहयोग हो । यसका लागि एनसेलप्रति हामी आभारी छौँ । अब हामीले पुनर्स्थापना काम गर्नुपर्ने छ।”

राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाँडाकुँडाहरू, हाईजिन किट, ब्याल्ङ्केट र म्याटलगायतका सामानहरू रहेका छन्, जसले प्रभावित परिवारहरूको अत्यावश्यक आवश्यकतालाई सम्बोधन गर्ने विश्वास लिइएको छ । गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलका कर्मचारीहरूले प्रभावित वडाहरूमा पुगेर पीडित परिवारका उपस्थित सदस्यहरूलाई राहत सामग्री हस्तान्तरण गरेका थिए।

खड्काले राहत सहयोगको बारेमा थप प्रकाश पार्दै भनिन्, “एनसेल फाउन्डेसनले विभिन्न सामाजिक कार्यहरू गर्दै ग्रास रुट लेभलमा आवश्यक सहयोग पुर्‍याउँदै आएको छ र भविष्यमा पनि आपत् विपद्मा सहयोग पुर्‍याउन तत्पर छौँ । सरकारका सम्बन्धित निकाय र साझेदारहरूसँग सहकार्य गर्दै हामी राहत वितरणका साथै विपद् प्रतिकार्यमा अन्य के गर्न सकिन्छ भनेर काम गरिरहेका छौँ ।”
एनसेल फाउन्डेसन, कर्मयोग फाउन्डेसन र गोदावरी नगरपालिकाबीचको यो साझेदारीले यस चुनौतीपूर्ण समयमा बाढी पहिरो पीडितहरूका लागि ठूलो सहयोग साबित भएको छ । स्थानीय निकायले यो सहकार्यले पीडित परिवारहरूलाई ठूलो महत्त्व राखेको हुनाले प्रशंसा गरेका छन्।

एनसेल फाउन्डेसनको यस पहलले सङ्कटको समयमा सहानुभूति र एकताको महत्वलाई पुनः पुष्टि गरेको छ र एनसेल फाउन्डेसनको सामाजिक उत्तरदायित्वप्रतिको दृढ प्रतिबद्धतालाई थप स्पष्ट पारेको छ । एनसेल फाउन्डेसनले परिस्थितिको मूल्याङ्कन गरेर सम्बन्धित निकाय र साझेदारसँगको सहकार्यमा पीडित परिवारहरूको पुनर्स्थापनामा पनि सहयोग पुर्‍याउन प्रतिबद्ध रहेको जनाएको छ।

ncell-foundation-flood-victim-relief-2081 (2).jpg
ncell-foundation-flood-victim-relief-2081 (3).jpg
ncell-foundation-flood-victim-relief-2081 (4).jpg
ncell-foundation-flood-victim-relief-2081 (5).jpg
ncell-foundation-flood-victim-relief-2081 (6).jpg
ncell-foundation-flood-victim-relief-2081 (1).jpg
ncell-foundation-flood-victim-relief-2081 (7).jpg
ncell-foundation-flood-victim-relief-2081 (8).jpg
ncell-foundation-flood-victim-relief-2081 (9).jpg
ncell-foundation-flood-victim-relief-2081 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ