arrow

जीप दुर्घटना हुँदा १९ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २७ आइतबार
accident-final.jpg
तस्बिर – फाइल ।

लमजुङ । लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । आइतबार बिहान ११ः३० बजेतिर लमजुङको सारिङबाट बेसीसहरतर्फ जाँदै गरेको जीप मकैडाँडामा दुर्घटना हुँदा १९ जना घाइते भएको लमजुङ प्रहरीले जानकारी दिएको छ ।

टाउकोमा गम्भीर चोट लागेका ४ जनालाई भरतपुर मेडिकल कलेजमा रिफर गरिएको छ भने बाँकी घाइतेहरू लमजुङ अस्पतालमा उपचारपछि  डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ