arrow

पीसीबीको ‘बोल्ड’ निर्णय, बाबरसहित चार खेलाडीलाई टेष्टबाट हटाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २७ आइतबार
babar-ajam-pakistan-cricket.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) ले इङ्गल्याण्ड विरुद्धको दोस्रो टेस्टमा निवर्तमान कप्तान बाबर आजमसहित चार खेलाडीलाई टिम बाहिर राखेर ‘बोल्ड' निर्णय गरेको छ । 

बोर्डले सार्वजनिक गरेको दोस्रो टेस्ट खेल्ने खेलाडीको सूचीबाट बाबरसहित नसीम शाह, सरफराज अहमद र शाहीन शाह अफ्रिदीलाई बाहिर राखेको हो । त्यस्तै अब्रार अहमद भने डेंगी भएका कारण छनोटका लागि उपलब्ध नभएको बोर्डले जनाएको छ ।

त्यस्तै यी खेलाडीको ठाउमा हासिबुल्लाह, मेहरान मुमताज, कमरान घुलामले पहिलो पटक टेस्ट टिममा स्थान बनाएका छन् भने मोहमद अली र अफ स्पिनर सजिद खानलाई टिममा सामेल गरिएको छ ।

इङल्याण्डविरुद्ध खेल्ने पाकिस्तानको टिम– शान मसूद (कप्तान), साउद शकील (उपकप्तान), आमिर जमाल, अब्दुल्ला शफिक, हसिबुल्लाह (विकेटकिपर), कामरान गुलाम, मेहरान मुमताज, मिर हमजा, मोहम्मद अली, मोहम्मद हुरैरा, मोहम्मद रिजवान (विकेटकिपर), नोमान अली, सैम अयुब, साजिद खान, सलमान अली आगा र जाहिद महमूद ।    

पाकिस्तान क्रिकेट बोर्डले हालै बनाएको नयाँ छनौट समितिले बाबरसहितका खेलाडीलाई बाहिर राख्ने निर्णय गरेको हो ।

बाबरले कप्तान पुनः नियुक्त भएको ६ महिनापछि नै इङ्गल्याण्डविरुद्धको टेस्ट शुरु हुनुअघि कप्तानी छोडेका थिए । बाबरले २०२२ को डिसेम्बर यता टेस्ट क्रिकेटमा अर्धशतक बनाउन सकेका छैनन् ।

इङल्याण्डविरुद्धको पहिलो टेस्ट हारेको पाकिस्तानले दोस्रो टेस्ट अक्टोबर १५ देखि मुल्तानमा खेल्दैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ