arrow

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २७ आइतबार
accident-final.jpg

झापा । झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका वडा नं ८ का वर्ष ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही स्थानका २० वर्षीय सोमराज लिम्बू रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अमलडाँगीस्थित पूर्व-पश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ आउँदै गरेको को२७प ३५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ